मन्त्रिपरिषद्ले ‘मन्त्रीहरूको सल्लाहकार तथा सचिवालय व्यवस्थापन कार्यविधि, २०८३’ पारित गरेपछि मन्त्रीहरूले आफ्नो सचिवालयमा धमाधम सचिवसरहका सल्लाहकार नियुक्त गर्न थालेका छन्। पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले सन्तोष पाण्डेलाई र शिक्षा तथा खेलकुद मन्त्री सस्मीत पोखरेलले शैलेन्द्र झालाई सचिवसरहको सल्लाहकारमा नियुक्त गरिसकेका छन्। कार्यविधिअनुसार ऊर्जा, पूर्वाधार विकास र कृषि मन्त्रालयमा एक वैतनिकसहित पाँच जना तथा अन्य मन्त्रालयमा एक वैतनिकसहित तीन जना सल्लाहकार राख्न सकिनेछ।