सरकारले महिलाहरूको सुरक्षित र निःशुल्क यात्रा सुनिश्चित गर्न साझा यातायातका ८ वटा बसलाई निलो रङमा परिवर्तन गरी 'ब्लु बस' सञ्चालन गर्ने तयारी गरेको छ। यो योजना सार्वजनिक भएसँगै केहीले निलो रङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को रङसँग जोड्दै दलगत प्रचारको आरोप लगाएका छन्। यस विषयमा भइरहेको आलोचनाप्रति रास्वपा सांसद राजिव खत्रीले सामाजिक सञ्जाल फेसबुकमार्फत आपत्ति जनाएका छन्।