मधेस प्रदेशसभामा बजेट विवाद चर्कियो, विपक्षी अवरोधले छलफल अनिश्चित 03.07.2026

मधेस प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि प्रस्तुत गरेको बजेटमा टुक्रे योजना समावेश गरिएको आरोप लगाउँदै विपक्षी दलहरूले लगातार दोस्रो दिन पनि प्रदेशसभा बैठक अवरुद्ध गरेका छन्। बजेट संशोधन नगरेसम्म बजेटमाथिको छलफल हुन नदिने अडान लिँदै विपक्षी दलहरूले बैठक अवरुद्ध गरेपछि प्रदेशसभा बैठक अनिश्चितकालका लागि स्थगित भएको छ। विपक्षी दलको अवरोधका कारण प्रदेशसभाका सभामुख रामअशिष यादवले बिहीबारको बैठक अनिश्चितकालका लागि स्थगित भएको घोषणा गरेका हुन्। दलहरूबीच सहमति जुट्न नसक्दा आगामी आर्थिक वर्षको बजेटमाथिको छलफल अन्योलमा परेको छ।

Nagarik News Full Article














