परराष्ट्रमन्त्री शिशिर खनालले वर्तमान सरकारको परराष्ट्र नीति संविधान, अन्तर्राष्ट्रिय प्रतिबद्धता र चुनावी वाचापत्रमा उल्लेखित प्राथमिकताका आधारमा सञ्चालित रहेको बताएका छन्। सरकारले सन्तुलित द्विपक्षीय सम्बन्ध, आर्थिक कूटनीति र बहुपक्षीय सहकार्यलाई प्राथमिकतामा राखेको छ। उनले भारत र चीनको भ्रमणले पूर्वाधार, कनेक्टिभिटी, ऊर्जा, व्यापार र लगानीजस्ता विविध क्षेत्रमा सहयोग विस्तार गर्न उपलब्धिमूलक छलफल भएको जानकारी दिए।