नेपालको सार्वजनिक ऋण चालु आर्थिक वर्ष २०८२/८३ को जेठ मसान्तसम्म २९ खर्ब ६१ अर्ब १९ करोड रुपैयाँ पुगेको छ। यो अघिल्लो आवको सुरुवातको तुलनामा दुई खर्ब ८७ अर्ब १४ करोड रुपैयाँले बढी हो। सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार यो ऋण नेपालको कुल गार्हस्थ्य उत्पादन (जिडिपी) को ४४.८७ प्रतिशत बराबर छ। कुल ऋणमध्ये १५ खर्ब ८३ अर्ब ९१ करोड रुपैयाँ वैदेशिक ऋण र १३ खर्ब ७७ अर्ब २८ करोड रुपैयाँ आन्तरिक ऋण रहेको छ।