कर्णाली नदीमा खसेको फोर्स गाडीमा पाँच जना सवार रहेको पुष्टि 04.07.2026

कर्णाली राजमार्गको दैलेख सडकखण्डमा एक यात्रुवाहक फोर्स माइक्रो दुर्घटनाग्रस्त भई कर्णाली नदीमा खसेको छ। बिहान ११:३० बजे चामुण्डाबिन्द्रासैनी नगरपालिका–७ दैलेखको साङ्गेतडास्थित उक्त दुर्घटना हुँदा गाडी ४०० मिटर तल नदीमा डुबेको अनुमान गरिएको छ। नदीमा पानीको बहाब बढी भएकाले र गाडी नदेखिने गरी डुबेकाले उद्धारमा कठिनाइ भएको छ। उद्धार कार्यमा प्रहरी, सशस्त्र प्रहरी बल, माथिल्लो कर्णाली जलविद्युत् आयोजनाका जनशक्ति खटिएका छन्। एक जना पुरुष भिरमा अड्किएको अवस्थामा उद्धार गरिएको छ। सुर्खेतबाट बिहान ८:०० बजे छुटेको गाडीमा पाँच जना सवार रहेको भनिए पनि यकिन संख्या खुलेको छैन। थप विवरण भौगोलिक जटिलताका कारण आउन बाँकी छ।

Nagarik News Full Article












