नारायणघाट-बुटवल सडकको : पूर्वी खण्डमा कालोपत्र सम्पन्न 04.07.2026

नागढुंगा–मुग्लिङ सडक विस्तार आयोजनाको निर्माण कार्य अपेक्षित गतिमा अघि बढ्न सकेको छैन। विश्व बैंकको सहुलियतपूर्ण ऋण सहयोगमा करिब ११ अर्ब ४३ करोड रुपैयाँ लागतमा विस्तार भइरहेको ९४.६६ किलोमिटर सडकमध्ये दुई खण्डमा भौतिक प्रगति आधाभन्दा कम छ। मनसुन सुरु भएसँगै निर्माणाधीन मुख्य राजमार्ग बाढी र पहिरोको थप चपेटामा पर्ने छ। आयोजनालाई तीन खण्डमा विभाजन गरी स्तरोन्नतिको काम भइरहे पनि यो बर्खामा नागरिक कष्टकर यात्रा गर्न बाध्य हुने भएका छन्। नागढुंगा–नौबिसे खण्डमा ८४ प्रतिशत भौतिक प्रगति पुगेको छ भने नौबिसे–मलेखु र मलेखु–मुग्लिङ खण्डमा ४२ र ४३ प्रतिशत मात्र काम भएको छ। दैनिक १३ हजारको हाराहारीमा सवारी साधन गुड्ने यो राजमार्ग समयमा निर्माण नहुँदा हजारौं नागरिक जोखिमपूर्ण यात्रा गर्न बाध्य छन्।

Nagarik News Full Article












