मोरङको सुनवर्षी नगरपालिका–९ डाँइनियामा अम्बा खाएको निहुँमा इँटाले हानेर ४ वर्षीया नाबालिकाको हत्या गरेको आरोपमा प्रहरीले छिमेकीलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा सोही स्थानका ५९ वर्षीय जान मोहमद मन्सुरी रहेका छन्। उनलाई घटनाको १३ औं दिनमा बुधबार उनकै घरबाट पक्राउ गरिएको मोरङ प्रहरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक मकेन्द्रकुमार मिश्रले जानकारी दिए।