पछिल्लो समय सामाजिक सञ्जाल पर्यटकीय गन्तव्य चिनाउने प्रभावकारी माध्यम बनेको छ। कैलालीको चुरे गाउँपालिका-५ सुरुगडास्थित चिप्ले झरनाको फोटो र भिडियो फेसबुक र टिकटकमा भाइरल भएपछि यहाँ आन्तरिक पर्यटकको चहलपहल बढेको छ। तर, सामाजिक सञ्जालले देखाएको सुन्दरताले गन्तव्यको भौगोलिक अवस्था, चिप्लो चट्टान, गहिरो पानी र दुर्घटनाको जोखिमबारे पूर्ण जानकारी दिँदैन।