पर्यटन मन्त्रीलाई भेट्न जाँदै हुनुहुन्छ? पहिला फाराम भर्नुहोस् ! 09.04.2026

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठले मन्त्रालयको कार्यसम्पादनलाई चुस्त, पारदर्शी र नतिजामुखी बनाउने उद्देश्यले सुशासन एकाइ गठन गरेका छन्। यो एकाइले मन्त्रालय र मातहतका निकायका कर्मचारीहरूको कार्यसम्पादनको नियमित अनुगमन र मूल्याङ्कन गर्नेछ, जसको संयोजक प्रशासन महाशाखाका सहसचिव रहनेछन्। यसले डेलिभरी-आधारित शासन प्रणाली अन्तर्गत तोकिएको समयसीमामा कार्य सम्पन्न भए/नभएको, जिम्मेवार अधिकारीहरूको दायित्व निर्वाह र कार्यसम्पादन सूचकहरूको कार्यान्वयन अवस्थाको निगरानी गर्नेछ। यसका अतिरिक्त, कर्मचारीहरूको कार्यविवरणअनुसारको प्रगति, कानुनी समयसीमाको पालना र सरकारी स्रोत साधनको सदुपयोगको पनि मूल्याङ्कन गरिनेछ, जसबाट कार्यशैलीमा सुधार, जवाफदेहिता वृद्धि र सुशासन प्रवर्द्धनमा टेवा पुग्ने विश्वास मन्त्रालयले लिएको छ।

Nagarik News Full Article

















