रास्वपाले आज पूर्व बजेट छलफल गर्ने 06.05.2026

रामेछापको मन्थली नगरपालिकाले चालु आर्थिक वर्ष २०८२/८३ को ९ महिना एक चौथाइ विकास बजेट मात्र २१.०७ प्रतिशत खर्च गर्न सकेको छ । प्रमुख प्रशासकीय अधिकृत देवर्षि सापकोटाले सार्वजनिक सुनुवाइ कार्यक्रममा ठेक्का कार्यको भुक्तानीको क्रममा रहेको कारणले पुँजीगत खर्च कमजोर भएको बताए । १ अर्ब ४ करोड ६५ लाख ६४ हजार रुपैयाँको बजेट स्वीकृत भएकोमा चालु खर्च ५९.९६ प्रतिशत प्रगति भएको तर विकास खर्च न्यून रहेको जनाइएको छ । यस वर्ष सञ्चालन हुने जम्मा ६०० योजनामध्ये ५४४ वडा योजना रहेको छ भने ती मध्ये करिब ६७ प्रतिशत (३९८) योजना को मात्र सम्झौता सम्पन्न भएको छ । अहिले सम्म १८७ योजनाको भुक्तानी भएको छ । नगरपालिका प्रमुख लब श्रेष्ठले काम गर्दा भएका कमजोरी सुधारको लागि नागरिकलाई औँल्याइदिन आग्रह गरेका छन् ।

Nagarik News Full Article

















