प्रधानन्यायाधीशमा मनोजकुमार शर्मा सिफारिस 07.05.2026

संवैधानिक परिषद्ले सर्वोच्च अदालतको नयाँ प्रधानन्यायाधीशको सिफारिस गर्ने भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' को अध्यक्षतामा बसेको बैठकले सर्वोच्चका वरिष्ठ न्यायाधीश मनोजकुमार शर्मालाई प्रधानन्यायाधीशमा सिफारिस गरेको छ । आजै अपराह्न ५ बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको बैठकले शर्माको नाममा सर्वसम्मत निर्णय गरेको हो । प्रधानन्यायाधीशको सिफारिसका लागि न्याय परिषद्ले पठाएको सूचीमा सपना प्रधान मल्ल, कुमार रेग्मी, हरिप्रसाद फुयाँल, नहकुल सुवेदी र तिलप्रसाद श्रेष्ठको नाम पनि थियो । शर्माको नियुक्तिसँगै सर्वोच्च अदालतले ३२औँ प्रधानन्यायाधीश पाउनेछ । संसदीय सुनुवाइ पार गरेपछि शर्माले औपचारिक रुपमा पदभार सम्हाल्नेछन् ।

Nagarik News Full Article















