सरकारी विज्ञापनको पैसा मिडियामा होइन, कसैको गोजीमा पुगेपछि रोक्नुपरेको हो: सञ्चारमन्त्री 07.05.2026

सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. बिक्रम तिमिल्सिना र नेपाल पत्रकार महासङ्घका पदाधिकारीहरूबीच प्रेस स्वतन्त्रता, जिम्मेवार पत्रकारिता, सामाजिक सञ्जालको दुरुपयोग नियन्त्रण, सरकारी विज्ञापन वितरणको पारदर्शिता तथा श्रमजीवी पत्रकारका अधिकारलगायत विषयमा छलफल भयो। मन्त्री तिमिल्सिनाले सरकार प्रेस स्वतन्त्रताको पक्षमा रहेको तर सञ्चार क्षेत्र पनि जिम्मेवार हुनुपर्नेमा जोड दिँदै पछिल्लो समय सामाजिक सञ्जाल र केही सञ्चारमाध्यममा भ्रामक सामग्री प्रसारण बढेकोमा चिन्ता व्यक्त गरे। उनले सरकारी विज्ञापन वितरण प्रणालीमा देखिएको अपारदर्शिताबारे अध्ययन गरी यसलाई व्यवस्थित र पारदर्शी बनाइने प्रतिबद्धता जनाए, तर लोककल्याणकारी विज्ञापन नरोकिने स्पष्ट पारे। महासङ्घका पदाधिकारीहरूले अभिव्यक्ति स्वतन्त्रताको रक्षा, श्रमजीवी पत्रकारको हकहित, प्रेस काउन्सिललाई सशक्त बनाउने र सामाजिक सुरक्षा कोषमा पत्रकारलाई आबद्ध गराउने जस्ता मागहरू राखे।





















