सरकारलाई संसदीय समितिको सुझाव: लिपुलेक विवादको कूटनीतिक समाधान खोजियोस् 07.05.2026

प्रतिनिधिसभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा लिपुलेक, कालापानी र लिम्पियाधुरा नेपालको भूभाग भएको र उक्त भूभाग फिर्ता ल्याउन प्रभावकारी कूटनीतिक पहल गर्नुपर्ने विषयमा छलफल भएको छ । सदस्यहरूले लिपुलेकबारे भारत र चीनलाई पठाइएको कूटनीतिक नोटलाई सकारात्मक कदमको रूपमा लिएका छन् । अतिक्रमित भूमि फिर्ता ल्याउन परिणाममुखी कूटनीतिक प्रयास र उच्चस्तरीय संयन्त्र गठन गर्न सरकारलाई सुझाव दिइएको छ । ऐतिहासिक तथ्य र प्रमाणका आधारमा यी भूभाग नेपालकै भएको स्पष्ट पार्दै छिमेकीबाट आएको प्रतिक्रिया मान्य नहुने धारणा व्यक्त गरिएको छ । परराष्ट्र मन्त्रालयले कैलाश मानसरोवर यात्राको सन्दर्भमा भारत र चीन दुवैलाई आफ्नो अडानबारे कूटनीतिक माध्यमबाट जानकारी गराइसकेको छ ।

Nagarik News Full Article


















