घरमै पुग्न थाल्यो राहदानी, जुम्लीलाई हट्यो सदरमुकाम धाउने सास्ती 07.05.2026

सरकारले सरकारी सेवा नागरिकको घरदैलोसम्म पुर्याउने उद्देश्यसहित हुलाक सेवा विभागले सञ्चालन गरेको कुरियर सेवा १९ जिल्लामा विस्तार भएको छ। यो सेवामार्फत हालसम्म ३,१३१ राहदानी ढुवानी गरिएकामा ६६७ राहदानी सेवाग्राहीको घरमै पुगेको छ, जसले गर्दा सदरमुकाम धाउने सास्ती हटेको छ। सञ्चार तथा सूचना प्रविधिमन्त्रीको सक्रियतामा सञ्चालन भइरहेको यस कार्यक्रमले राहदानीबाहेक शैक्षिक प्रमाणपत्र, स्वास्थ्य प्रयोगशालाका नमूना, सवारी चालक अनुमतिपत्रलगायतका सेवा पनि विस्तार गरेको छ। साथै, नेपाल टेलिकमको सिमकार्ड घरमै पुर्याउने, मध्यपश्चिम विश्वविद्यालय र नेपाल खुला विश्वविद्यालयसँग सहकार्य गर्ने तथा राहदानी विभाग र महालेखा नियन्त्रक कार्यालयसँग प्रणालीगत सुधार गर्ने तयारी पनि भइरहेको छ।

Nagarik News Full Article















