अझै अलपत्र सूर्यविनायकको राष्ट्रिय प्राणी उद्यान 07.05.2026

अर्थ मन्त्रालयले निजामती कर्मचारीका लागि पाइलट परियोजनाको रूपमा १५ दिनमै तलब दिने प्रणाली सुरु गरेको छ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले बुधबार कम्प्युटराइज्ड गभरमेन्ट एकाउन्टिङ सिस्टम (सिगास) मार्फत यसको शुभारम्भ गरेका हुन्। यसबाट अर्थ मन्त्रालयका कर्मचारीले वैशाख महिनाको पहिलो अर्धमासिक तलब प्राप्त गरेका छन्। मन्त्री वाग्लेले यसले बजार चलायमान हुने, उपभोग र मागमा वृद्धि हुने बताए। यो परियोजना क्रमशः अन्य सरकारी कर्मचारीमा पनि विस्तार गरिनेछ। महालेखा नियन्त्रक कार्यालयका अनुसार आवश्यक प्राविधिक तयारी पूरा भइसकेको छ र माग अनुसार तलब भुक्तानी गर्न सकिनेछ। यसबाट अर्थतन्त्र चलायमान हुने, साना व्यवसायीहरूको नगद प्रवाह बढ्ने र डिजिटल अर्थतन्त्रको विस्तारमा टेवा पुग्ने अपेक्षा गरिएको छ। यो निर्णय गत वैशाख ४ गते भएको थियो।

Nagarik News Full Article















