सुकुम्बासी समस्या समाधानका लागि फेरि अर्को समिति, कस्ता छन् पुराना आयोगहरू? 02.06.2026

सरकारले सुकुम्बासी समस्या समाधानका लागि पुनः बलभद्र बास्तोलाको अध्यक्षतामा भूमि समस्या समाधान समिति गठन गरेको छ। यो २४ औं पटक यस प्रकृतिको आयोग वा समिति गठन भएको हो। यसअघि हरि रिजालको अध्यक्षतामा रहेको आयोग अध्यादेशमार्फत खारेज भएपछि नयाँ समिति गठनको बाटो खुलेको थियो। यसअघि गठित विभिन्न आयोग तथा समितिहरूले समस्या समाधान गर्न नसकेको इतिहास छ। मन्त्रिपरिषद्को बैठकले गठन गरेको यो समितिले आयोग सरह नै अधिकार र भूमिका पाउनेछ। यसअघि २०७८ सालमा केशव निरौलाको नेतृत्वमा गठित राष्ट्रिय भूमि आयोगलाई २०८० चैतमा खारेज गरिएपछि सर्वोच्च अदालतले अल्पकालीन आदेश जारी गर्दै यथास्थितिमा राखेको थियो।

Nagarik News Full Article














