काठमाडौं विश्वविद्यालयको उपकुलपति नियुक्तिका लागि सिफारिस समिति गठन 02.06.2026

सरकारले २०८३ सालको ‘सार्वजनिक पदाधिकारीको पदमुक्तसम्बन्धी विशेष व्यवस्था अध्यादेश’ मार्फत विभिन्न विश्वविद्यालयका पदाधिकारीसहित एक हजार पाँच सय ९४ जनालाई पदमुक्त गरेपछि विश्वविद्यालयहरूमा नयाँ नियुक्ति र पुनः नियुक्तिको बहस चर्किएको छ। यो अध्यादेशले त्रिभुवन, पूर्वाञ्चल, पोखरा, नेपाल संस्कृतलगायत आठ विश्वविद्यालयका पदाधिकारीहरूलाई पदमुक्त गरेको थियो। यसबाट उत्पन्न शैक्षिक, प्राज्ञिक, आर्थिक तथा प्रशासनिक चुनौतीका कारण केही विश्वविद्यालयमा पदमुक्त भएका व्यक्तिहरूलाई नै पुनः नियुक्ति गरिएको छ, जसमा पूर्वाञ्चल विश्वविद्यालयका प्रा.डा. बिजुकुमार थपलिया, नेपाल संस्कृत विश्वविद्यालयका प्राडा माधव अधिकारी र राष्ट्रिय परीक्षा बोर्डका सदस्य–सचिव जंगबहादुर अर्यालको नाम प्रमुख छ। काठमाडौं विश्वविद्यालयमा उपकुलपति अच्युत वाग्ले पदमुक्त भएपछि परीक्षा नियन्त्रक ऋषिकेश वाग्लेलाई उपकुलपतिको जिम्मेवारी दिइएको छ। यस सन्दर्भमा विज्ञहरूले सरकारको शिक्षा क्षेत्रमा स्पष्ट नीति नभएको विश्लेषण गरेका छन्।

















