सरकारी अस्पतालका बिग्रेका उपकरण राष्ट्रिय आविष्कार केन्द्रमार्फत मर्मत गर्नेबारे छलफल 03.06.2026

कृषि, वन तथा वातावरणमन्त्री गीता चौधरीले 'विश्व दूध दिवस २०८३' को अवसरमा बोल्दै दुग्ध क्षेत्रलाई व्यावसायिक रूपमा प्रवद्र्धन गर्न सके राष्ट्रिय अर्थतन्त्रको महत्वपूर्ण आधार बन्न सक्ने सम्भावना रहेको बताएकी छन्। यो दिवस पोषण, स्वास्थ्य, ग्रामीण अर्थतन्त्र, रोजगारी, खाद्य सुरक्षा र समृद्धिका लागि दुग्ध क्षेत्रको महत्व उजागर गर्ने अवसर भएको उनको भनाइ थियो। ग्रामीण क्षेत्रबाट दैनिक करिब ११ लाख ५० हजार लिटर दूध संकलन भई दैनिक करिब साढे सात करोड रुपैयाँको नगद प्रवाह भइरहेको छ, जसले साना किसान, महिला, युवा र सहकारीमार्फत संगठित समुदायको आर्थिक सशक्तिकरणमा योगदान पुर्याएको छ। घरयासी प्रयोजनमा खपत हुने दुग्ध पदार्थले पनि पोषण सुरक्षामा योगदान दिने उनले उल्लेख गरिन्।

Nagarik News Full Article














