लुम्बिनीमा एमालेका चार मन्त्रीले दिए राजीनामा 03.06.2026

नेपाल कम्युनिष्ट पार्टी (एमाले) केन्द्रीय संगठन विभागले जेठ २० गते (भोलि) बाट दुई दिनसम्म ‘सदस्यता नवीकरण तथा विस्तार उत्प्रेरणा’ विषयक राष्ट्रिय कार्यशाला आयोजना गर्दैछ। काठमाडौंको बबरमहलस्थित कार्की बैंक्वेटमा बिहान ११ बजे सुरु हुने यस कार्यशालाको उद्घाटन पार्टी अध्यक्ष केपी शर्मा ओलीले गर्नेछन्। यस कार्यशालामा प्रदेश तथा जिल्ला इन्चार्जहरू, प्रदेश कमिटी पदाधिकारी, कार्यालय सचिव, जिल्ला अध्यक्ष, जनसंगठनका केन्द्रीय अध्यक्ष र संगठन विभाग प्रमुखहरूको अनिवार्य सहभागिता रहनेछ। पार्टी सदस्यता विस्तार, नवीकरण प्रक्रिया, संगठन सुदृढीकरणका रणनीति र भावी योजनामाथि सघन छलफल हुनेछ। यो कार्यक्रमलाई एमालेले संगठन सुदृढीकरण अभियानको महत्वपूर्ण कडी मानेको छ। संगठन विभागका प्रमुख भानुभक्त ढकालले संगठनको समग्र वस्तुस्थिति र माधव ढुंगेलले सदस्यता नवीकरणको प्राविधिक पक्षबारे कार्यपत्र प्रस्तुत गर्नेछन्। महासचिव शंकर पोखरेलले कार्यशालाको समापन गर्नेछन्।
















