ओलीले ‘झोला फ्याँक्दिनँ’ भनेपछि योगेशले सुनाए वृद्धले डन्डी समातेर बस पल्टिनबाट जोगाएको कथा 03.06.2026

नेकपा एमालेभित्र नेतृत्व हस्तान्तरणको बहस चलिरहेका बेला अध्यक्ष केपी शर्मा ओली र उपमहासचिव योगेश भट्टराईबीच सार्वजनिक रूपमा मतभेद देखिएको छ। जनकपुरमा आयोजित पार्टीको कार्यशालामा बोल्दै अध्यक्ष ओलीले आफू तत्काल नेतृत्व हस्तान्तरण गर्ने पक्षमा नरहेको स्पष्ट पारेका थिए। उनले ‘मर्ने छाँट नभएकाले झोला बीचैमा नफ्याक्ने’ बताउँदै पार्टीभित्रै बसेर संगठन कमजोर पार्ने प्रवृत्ति खतरनाक भएको औंल्याए। यसलगत्तै उपमहासचिव भट्टराईले सामाजिक सञ्जालमार्फत एउटा कथा साझा गर्दै ओलीको भनाइप्रति व्यङ्ग्य गरेका छन्। उनले बस पल्टिनबाट जोगाउने वृद्धको कथा उल्लेख गर्दै ओलीको ‘मैले मात्र पार्टी जोगाएको छु’ भन्ने अहंकारमाथि प्रश्न उठाएका हुन्।

Nagarik News Full Article
















