अध्ययन बिदा दुरुपयोग गर्ने ४१ प्राध्यापकबाट दश करोड बढी असुल 03.06.2026

त्रिभुवन विश्वविद्यालयका ४१ जना प्राध्यापकले अध्ययन बिदाको दुरुपयोग गरी नलिएको १० करोड ४६ लाख ५६ हजार ८०४ रुपैयाँ विश्वविद्यालयको पेन्सन कोषमा दाखिला गरेका छन्। शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलको सक्रियतामा मन्त्रालयले अध्ययन बिदामा गएर लामो समयसम्म सेवामा नफर्किने प्राध्यापकहरूबाट रकम असुल गर्न निर्देशन दिएपछि यो प्रक्रिया अगाडि बढेको हो। हालसम्म १९१ जना प्राध्यापक अध्ययन बिदामा रहेका मध्ये ४१ जनाले रकम फिर्ता गरिसकेका छन् भने ६२ जनाले फिर्ताका लागि निवेदन दिएका छन्। विश्वविद्यालयका अनुसार अध्ययन बिदामा गएर सेवामा नफर्किँदा करिब दुई अर्ब बढीको नोक्सानी भएको छ। छानबिन समितिले रकम फिर्ता नगर्ने प्राध्यापकहरूको नाम सार्वजनिक गर्ने तयारी गरेको छ।

Nagarik News Full Article
















