‘सगरमाथा आरोहण व्यक्तिगत सफलता मात्र नभई राष्ट्रको गौरव पनि’ 03.06.2026

अन्नपूर्ण प्रथम हिमालको आरोहण भएको ७६ वर्ष पूरा भएको अवसरमा यस वर्षको अन्नपूर्ण आरोहण दिवस विभिन्न कार्यक्रम गरी मनाइएको छ। सन् १९५० जुन ३ मा फ्रान्सका मौरिज हर्जाेग र लुई लचेनलको टोलीले ८,०९१ मिटर अग्लो अन्नपूर्ण हिमालको शिखर चुमेको थियो, जसलाई आठ हजार मिटरभन्दा अग्लो 'जेठो हिमाल' पनि भनिन्छ। यो दिवस मनाउने क्रममा म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले आधार शिविरतर्फ दौड प्रतियोगिता आयोजना गर्यो भने लमजुङको दोर्दी गाउँपालिकामा नयाँ पदमार्गको प्रवर्द्धन गरियो। पर्यटन विभागका अनुसार गत वर्षसम्म ५३६ जनाले आरोहण गरेको यस हिमालका लागि यस वसन्तयाममा २७ जनाले अनुमति लिएका थिए।

Nagarik News Full Article















