देशभरका ३२ अस्पताल तथा स्वास्थ्य प्रतिष्ठानलाई जग्गाको विवरण बुझाउन निर्देशन 04.06.2026

आर्थिक वर्ष २०८०/८१ मा ६ लाख ७२ हजार ४८९ रहेका उच्च शिक्षा अध्ययन गर्ने विद्यार्थीको संख्या आर्थिक वर्ष २०८१/८२ मा १०.९ प्रतिशतले बढेर ७ लाख ४५ हजार ७७० पुगेको छ। आर्थिक सर्वेक्षण २०८२/८३ अनुसार, कुल विद्यार्थीमध्ये व्यवस्थापन संकायमा ५०.५ प्रतिशत, शिक्षाशास्त्र र मानविकी तथा समाजशास्त्रमा करिब ८० प्रतिशत विद्यार्थी अध्ययनरत छन्, भने कृषि संकायमा सबैभन्दा कम ०.१५ प्रतिशत छन्। त्रिभुवन विश्वविद्यालय (त्रिवि) अन्तर्गत ७५.३ प्रतिशत विद्यार्थी अध्ययन गर्छन्, जसमा आंगिकमा ४७.९ प्रतिशत र सम्बन्धन प्राप्तमा २७.४ प्रतिशत छन्। हाल नेपालमा २१ विश्वविद्यालय र ८ स्वास्थ्य विज्ञान प्रतिष्ठान सञ्चालनमा छन्।

Nagarik News Full Article
















