कानुनी व्यवस्थाका बाबजुद समाजमा जातीय विभेद तथा छुवाछूतका घटना हुनु चिन्ताजनक : आङदेम्बे 04.06.2026

संविधानको धारा ४० मा व्यवस्था गरिएका दलित समुदायका अधिकारको प्रभावकारी कार्यान्वयनमा सङ्घीय संसद् प्रतिबद्ध रहेको सभामुख डोलप्रसाद अर्यालले बताएका छन्। जातीय भेदभाव तथा छुवाछूत उन्मूलन राष्ट्रिय दिवसका अवसरमा राष्ट्रिय दलित आयोगले आयोजना गरेको कार्यक्रममा उनले यो विभेद अन्त्यको जिम्मेवारी राज्य, राजनीतिक दल, नागरिक समाज, सञ्चार, शैक्षिक संस्था र सम्पूर्ण नागरिकको साझा दायित्व भएको औँल्याए। दलित समुदायको सम्मान, सुरक्षा, समान अवसर र न्याय सुनिश्चित भए मात्र नेपाली समाज न्यायपूर्ण र समतामूलक बन्ने उनको भनाइ थियो। कानुनी व्यवस्था भए तापनि सार्वजनिक स्थल, विद्यालय, स्वास्थ्य संस्था, धार्मिक स्थल र रोजगारीका क्षेत्रमा अझै पनि छुवाछूतका घटनाहरू विद्यमान रहेको उनले स्वीकार गरे। आर्थिक सशक्तीकरण र सामाजिक चेतनालाई सँगसँगै अगाडि बढाउनुपर्ने आवश्यकतामाथि उनले जोड दिए।















