एसइईमा चिट चोर्न प्रयोग भएका झण्डै पाँच सय मोबाइल र ‘स्मार्टवाच’ नष्ट 04.06.2026

गतहप्ताको हुरी र वर्षाले झापामा केराखेतीमा ठूलो क्षति पुर्याएको छ। यस वर्ष एक हजार ९१८ हेक्टर क्षेत्रफलमा गरिएको केराखेतीमध्ये २९.९७ हेक्टर पूर्णरूपमा नष्ट भएको छ, जसको प्रारम्भिक अनुमानित क्षति रु दुई करोड १२ लाख ८६ हजार २९२ रहेको छ। विशेषगरी झापा गाउँपालिका, बाह्रदशी गाउँपालिका र कनकाई नगरपालिकाका व्यावसायिक केराखेतीमा असर परेको छ। बाह्रदशी गाउँपालिका–७ को बत्तीसबिघे क्षेत्रमा २५.५ हेक्टरमा ५१२.५५ मेट्रिकटन उत्पादन क्षति पुगेको छ। अधिकांश किसानले बाली बीमा नगरेका कारण क्षतिपूर्तिको सम्भावना कम रहेको कृषि ज्ञान केन्द्रले जनाएको छ।

Nagarik News Full Article















